उपसचिव र सहसचिवका लागि दरखास्त आव्हान

२९ आश्विन २०७६, बुधबार ०८:४५

काठमाडौँ , लोक सेवा आयोगले उपसचिव र सहसचिवका लागि भर्ना आव्हान गरेको छ ।

आयोगले असोजको अन्तिम बुधबार आज विज्ञापन प्रकाशन गर्दै खुल्ला तथा बढुवामा उपसचिव र सहसचिव गरी ६ सय ८८ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये निजामतीतर्फ तीन सय ९३ जना उपसचिव र एक सय ८१ जना सहसचिव गरी पाँच सय ७४ जना रहेका छन् भने स्वास्थ्य सेवातर्फ उपसचिव ७९ र सहसचिव ३५ जना गरी एक सय १४ जना रहेका छन् ।