अर्घाखाँचीमा सुन चोर्ने एक भारतीय पक्राउ

४ कार्तिक २०७६, सोमबार १५:१७


अर्घाखाँची , सुन पसलबाट रु ४ लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मूल्य रु ४ लाख ६४ हजार ८१४ बराबरको सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो । गएराति उनलाई सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।