अर्घाखाँचीका श्यामलाल पौडेल असोज १५ गते देखि वेपत्ता

२२ आश्विन २०७६, बुधबार ०९:२९

अर्घाखाँची, अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं ६ धातिवाङ्गबाट एक युवा हराएका छन् । साविक धातिवाङ्ग गाविस वडा नं ३ मा बसोबास गर्दै आएका अन्दाजि ४४ वर्षिय श्यामलाल पौडेल असोज १५ गते बुधबारबाट हराएका हुन ।

घरमा सामान्य विवादका कारण उनी हराएको परिवारजनले बताएको छ । दशैको समयमा नै मानिस हराउँदा गाउँलेहरू चिन्तित भएका छन् । उनको खोजि गरि परिवारजन तथा नजिकको प्रहरी चौकीलाई खबर गर्न परिवारले आग्रह गरेको छ ।