अरिंगालले टोकेर वृद्धको मृत्यु

१० कार्तिक २०७६, आईतवार ११:३४

अछाम , अछाममा अरिंगालको टोकाइबाट शनिबार एक जनाको मृत्यु भएको छ ।

अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८, घोडासैनका ८४ वर्षीय धर्मे जैसीको अरिंगालको टोकाइबाट मृत्यु भएको हो । घर नजिकैको घारीमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको मृत्यु भएको बताइएको छ ।