सुनचाँदीको भाउ घट्यो

२२ भाद्र २०७६, आईतवार १३:१६

काठमाण्डौ , हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । गएको शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो ।