सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा १ जनाको मृत्यु ,६ घाइते

२७ भाद्र २०७६, शुक्रबार १३:२४

पाल्पा, सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहान साढे १० बजेतिर बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियो समेत पुरिएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । सिद्धबाबा ड्याम साइड हेड बक्स नजिकै दुर्घटना भएको हो।

सिद्धबाबामा रातभरी परेको पानीको कारण पहिरो झरेको हो । प्रहरीका अनुसार पहिरोको कारण राजमार्ग बन्द रहेको जानकारी प्राप्त भएको छ ।