सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्नुहोस्, बहसमै उत्रनुपर्छः मन्त्री बाँस्कोटा

१८ भाद्र २०७६, बुधबार १७:३४

काठमाण्डौ , नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नु भएको छ ।

मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पुर्‍याउन महासंघले विरोधको वक्तव्य नभइ बहसमै उत्रनुपर्ने बताउनु भयो । बुधबार सिंहदरबारमा आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराउनु भयो ।

उहाँले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको बताउनु भयो । मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोप्रति आपत्ति जनाउनु भयो ।