संविधान दिवसमा समाजवादी पार्टीले दीपावली नगर्ने, ‘कालो दिन’ पनि नमनाउने

३० भाद्र २०७६, सोमबार १५:१९

काठमाडौं , समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन दीपावली पनि गर्ने र ‘कालो’ दिन पनि नमनाउने निर्णय गरेको छ ।
“२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिनको खुसियालीमा दीपावली पनि नगर्ने र विरोधको रूपमा कालो दिन दुवै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ,” बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।