लगातारको वर्षाका कारण बाँकेका विभिन्न स्थान डुवानमा

२ आश्विन २०७६, बिहीबार ११:३८

बाँके , लगातारको वर्षाका कारण बाँकेका विभिन्न स्थान डुवानमा परेका छन् । दुई दिनदेखिको बर्षाका कारण खजुरा र जानकी गाँउपालिकाका विभिन्न क्षेत्र डुवानमा परेका हुन । डुवानका कारण दुई गाँउपालिकाका ६४ परिवार बिस्थापित भएको प्रहरीले जनाएको छ ।

खजुरा गाँउपालिका–७ मा ४८ परिवार र जानकी गाँउपालिकामा १६ परिवार विस्थापित भएका हुन । विस्थापित केहीले आफन्तको आश्रय लिएका छन । बाँकीलाई विद्यालयहरुमा राखिएको छ । बाढीका कारण मानबीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज नगरपालिकाका बिभिन्न क्षेत्र पनि बुधबारदेखि नै डुवानमा परेका छन । खजुरा पेडारी नालामा आएको बाढीका कारण नेपालगञ्ज गुलरिया सडकमा यातायात आवागमनमा समस्या भएको छ । बुधबार रातीदेखि पानी रोकिएकाले डुवान कम हुँदै जाने अनुमान गरिएको छ ।

बाँकेका प्रहरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोलीले डुवान क्षेत्रको अवलोकन गरेको छ । भारतले सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएका बाँधका कारण बाँकेका खजुरा, जानकी लगायतका गाँउहरु प्रत्येक बर्ष डुवानमा पर्ने गरेका छन् ।