राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

७ आश्विन २०७६, मंगलवार ११:०६

काठमाण्डौ , प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाइ ज्ञापन गर्नुभएको हो ।

‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्’, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ । ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।