राजपा–समाजवादी एकीकरण नहुने

१७ भाद्र २०७६, मंगलवार १०:२५

काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन्।

काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन्।

‘उहाँहरूस“ग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा राख्दै महतोले भने, ‘औपचारिक रूपमा वार्ता भएकै छैन, अहिलेसम्मको प्रगति केही त्यस्तो पनि छैन।’

एकताका लागि पार्टीद्वारा गठित वार्ता समिति संयोजकसमेत रहेका महतोले ‘अनौपचारिक रूपमा भएको छलफल सकारात्मक रहे पनि औपचारिक रूपमा वार्ता भने नभएको’ जानकारी बैठकलाई गराएका छन् । राजपा नेपाल विचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने पार्टीस“ग एकीकरण गर्ने पक्षमा छ।

समाजवादीले एकीकरणका लागि चासो व्यक्त गरेपछि राजपाले पनि वार्ता समिति नै गठन गरेको थियो। यो समाचार आजको राजधानी दैनिकमा छ ।