राजपा उपाध्यक्ष चौधरीको निधन

५ आश्विन २०७६, आईतवार १३:१५

काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपाल (राजपाका केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको मञ्चको रोष्टममा बोल्दा बोल्दै निधन भएको छ ।राजपा ललितपुर जिल्लाको अधिवेशन शनिबार सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टममा बोल्दै गरेका चौधरीलाई हार्टअट्याक भएपछि ढलेका थिए ।

चौधरीलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालले चौधरीलाई करीव तीन बजे मृत घोषणा गरेको राजपाका महासचिव केशव झाले जानकारी दिनु भयो ।

केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि ललितपुर राजपाको अधिवेशन स्थगित भएको छ ।

चौधरीको पार्थिव शरीरलाई अस्पतालमै पुगेर राजपा नेपालका नेताहरूले श्रद्धाञ्जलि दिनुका साथै परिवारजनलाई सहानुभूति दिएका छन् ।