यौन दुर्व्यवहार गरेको आरोपमा शाही पक्राउ

२५ भाद्र २०७६, बुधबार १३:२५

काठमाडौं , काठमाडौंमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दान बहादुर शाही पक्राउ परेका छन् । नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शाही पक्राउ परेका हुन । काठमाडौं तारकेश्वर नगरपालिका–३ जितपुर फेदी बस्ने अछाम घर भएका शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । शाहीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।