मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२९ भाद्र २०७६, आईतवार ११:१२

सर्लाही , सर्लाहीमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। बागमति नगरपालिका ८ गिरिटोलमा बा ३१ प ६८०२ नम्बर मोटरसाइकलले राति साँढे ११ बजे ठक्कर दिँदा वागमती नपा ४ निवासी ५० वर्षीय ईन्द्र बहादुर कुशवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भिर घाइते कुशवारको एडभांस संजिवनी अस्पताल बरहथवामा उपचार हुँदाहुँदै राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।