माछा मार्ने क्रममा पोखरीमा डुबेर एक महिलाको मृत्यु

५ आश्विन २०७६, आईतवार ११:२५

महोत्तरी , महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर शनिवार राति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन् ।

मिना र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए ।

माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ ,