मन्त्रीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

३० भाद्र २०७६, सोमबार १५:४०

ताप्लेजुङ , पश्चिम नेपालको टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौं फर्कने क्रममा नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्यययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यवहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ।

आइतबार नेकपा ताप्लेजुङले पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईमाथि भएको अभद्र हर्कतलाई निरुत्साहित गर्न जनआन्दोलनकारी लोकतान्त्रिक पार्टीहरुलाई अपिलसमेत गरेको छ। नेकपा ताप्लेजुङ कार्यालयको विज्ञप्तिमा मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाहीसहित घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारसमक्ष माग गरिएको छ।

नेकपा ताप्लेजुङले पत्रकार सम्मेलनमार्फत शाहीसहितका मानिसहरुबाट भएका अभद्र हर्कतले मुलुकलाई अस्थिरता, अराजकता र प्रतिगमनतर्फ लाने जबरजस्त प्रवृत्तिलाई इंगित गरिरहेको बताएको छ।