मण्डले प्रवृत्ति’को धम्कीले विचलित हुँदैनौंः योगेश भट्टराईको सचिवालय

२९ भाद्र २०७६, आईतवार २०:१२

काठमाडौं , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सचिवालयले संविधान विरोधीहरुले नै नेपालगञ्ज घटना घटाएको दाबी गरेको छ । मन्त्री भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संविधान विरोधी हर्कतहरु जारी राखेको उल्लेख छ ।

“यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं । साथै यस्ता ‘मण्डले प्रवृत्ति’ को विरोध र धम्कीले रत्तिभर विचलित नभई ‘समृद्ध नेपालः सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अबिचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं,” स्वकीय सचिव प्रेम गुरागाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ सचिवालयले जारी गरेको विज्ञप्तिः

प्रेस विज्ञप्ति
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूमाथि शनिबार,२८ भदौ २०७६ नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
माननीय मन्त्रीज्यू २८ भदौ २०७६ मा बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुनका लागि टीकापुर पुग्नु भएको थियो । उहाँको शनिबार नै धनगढीबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्व निर्धारित तालिका थियो । तर, टीकापुरमा निर्र्धारित समयभन्दा कार्यक्रम ढिला भएपछि धनगढीबाट फर्कन सम्भव भएन । आज ९आइतबार, २९ भदौ २०७६० प्रतिनिधिसभामा मन्त्रालयको बारेमा माननीय सांसदज्यूको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाबमा उहाँ हुनुहुन्थ्यो । त्यही कारण माननीय मन्त्रीज्यू बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन टिकापुरबाट नेपालगञ्ज जानुभएको थियो ।
नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको थियो । बोर्डिङ भएका यात्रुहरु मध्ये एक उछृङ्खल समूहले हुलहुज्जतका साथ जहाजबाट बाहिर निस्केर गालीगलौज गर्दै माननीय मन्त्रीज्यू पुगे लगत्तै अपशब्द प्रयोग गरेको थियो । त्यही समूह मध्येका एक जनाले ‘पारसका बिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेका छौं र रु’ भन्दै दुव्र्यवहार गरेका थिए । माननीय मन्त्रीज्यूले उछृङ्खल समूहलाई कुनै उत्तर दिनु भएन । तर, अन्य यात्रुहरुलाई भने आफ्ना कारण परेको असुविधाप्रति क्षमा माग्नु भएको थियो ।
हाम्रो कारणले करिब १५ मिनेट ढिला हुन गई यात्रु महानुभावहरुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी
छौं । यो क्रममा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझदारीप्रति हार्दिक आभार प्रकट
गर्दछौं । तर, घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने हाम्रो गम्भिर आपत्ति रहेको छ । सरकार र जुनसुकै सरोकारवाला निकायलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य र अधिकार हो । जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुव्र्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ । यो नियोजित घटनाको हामी भत्र्सना
गर्दछौं ।
पछिल्लो समयमा सोही समूहले सम्मानीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, अन्य मन्त्रीज्यूहरु र राज्यका सबैधानिक आयोगका प्रमुखज्यूहरुको बिषयमा दिइरहेको अभिव्यक्तिप्रति हामी जानकार र सचेत छौं । लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अभिव्यक्ति स्वतन्त्रताको हामी सदैब सम्मान गर्दछौं । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा उक्त समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन् ।

लोकतन्त्रप्रतिको हाम्रो निष्ठा र विश्वास अबिचलित छ । लोकतन्त्र प्राप्तिका निम्ति हामीले गरेको योगदान र बलिदानको गौरवमयी इतिहास हाम्रो अगाडि घाम जस्तै छर्लङ्ग छ । त्यही योगदान र बलिदानको जगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार जना सम्मानित नेताज्यूहरु प्रधानमन्त्री भइसक्नु भएको छ । वर्तमान सत्तारुढ दलका पाँच जना नेताज्यूहरुले प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ ।
जीन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ । कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ । तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन् । यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं । साथै यस्ता ‘मण्डले प्रवृत्ति’ को बिरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अबिचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
जननेता स्व।मदन भण्डारीले दिनुभएको अभिव्यक्तिको सम्झना यो बेला उपयुक्त हुन्छ । अनर्गल प्रचारको जबाफ दिँदै उहाँले भन्नुभएको थियो, ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ ।’ जनकवि स्व। नेत्रलाल अभागीले लेख्नु भएको छ ‘आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।’ हो, यसप्रकारको आँधी हुरीसँग पौठेजोरी खेलेर सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।
२९ भदौ २०७६

प्रेम गुरागाई
स्वकीय सचिव