बृहत रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

२१ भाद्र २०७६, शनिबार १५:४७

काठमाडौ, शनिवार राजधानी काठमाडौं स्थित कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नमो हारती वचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमान्डौ वेष्ट तथा एफ एच ग्रुपद्वारा संयुक्त रुपमा आयोजित उक्त बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविरको उद्घाटन पूर्व सांसद तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले गरेका थिए ।

उल्लेख्य संख्यामा रक्तदाताले रक्तदान गरेको सो कार्यक्रमको स्वास्थ्य शिविर अन्तर्गत डेन्टल, युरिक एसिड, ब्लडप्रेसर, फिजियोथेरापी, हाडजोर्नी तथा नशा, म्यानुयल थेरापी तथा पेनरिलिफ, जनरल हेल्थचेक अप, ग्यास्ट्रिक, फिस्टुला, पाईल्स सुगर आदीको निशुल्क चेकजाच गरिएको थियो ।

आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर माझ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि। ले संयुक्त रुपमा उक्त रक्तदान कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि। का विभागिय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिए ।

साल्ट ट्रेडिङ्गले प्रत्येक बर्ष आफ्नो जन्म जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दै आईरहेको र यो २५ औं रक्तदान भएको पनि उनले बताए ।