‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो, यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन’ प्रचण्ड

२९ भाद्र २०७६, आईतवार १२:४७

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई निकै ठूलो परियोजना भएकोले यसले सामूहिक विकासको प्रयास गरेको स्पष्ट पार्नु भएको छ ।

आइतबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष दाहालले बीआरई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताउनु भयो । उहाँले चिनियाँ राष्टपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुन महत्वपूर्ण कुरा भएको पनि बताउनु भयो ।