प्रहरी नायव निरीक्षक घुससहित अख्तियारको फन्दामा

१३ आश्विन २०७६, सोमबार १९:२४

काठमाडौं , प्रहरीका एकजना जुनियर अधिकृतलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई अख्तियार बुटवलको टोलीले आज १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

बिमा सिफारिस बहानामा उनले सेवाग्राहीसँग घुस मागिरहेको सूचना पाएपछि पुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले जिसीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । कार्यालयबाटै पक्राउ परेका उनलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ