पूर्वसभासद् घिसिङ पक्राउ

२३ भाद्र २०७६, सोमबार १८:१३

ललितपुर , पूर्वसभासद् योगेन्द्र घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङ पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले पुष्टि गरिन् ।

एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।