नेपाल क्रिकेट संघ ‘क्यान’को चुनावी साधारणसभा आज हुँदै

१० आश्विन २०७६, शुक्रबार ०९:५४

काठमाडौं , नेपाल क्रिकेट संघ ‘क्यान’को चुनावी साधारणसभा आज हुँदैछ । साधारणसभा दिउसो पौने २ बजेबाट होटल मेरियटमा सुरु हुनेछ । असोज २६ मा आईसीसीको बोर्ड बैठक बस्दैछ । त्यसअघि हुन लागेको चुनावले नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा लिइएको छ ।

क्यानको नयाँ नेतृत्वको लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द उठ्ने पक्का भएको छ । आज साधारण सभा र भोलि शनिबार हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन् । जसमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० जना मतदाता छन् ।