नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहको महत्वपूर्ण भूमिकाः प्रकाशमान

२ आश्विन २०७६, बिहीबार १३:१३

काठमाडौं , स्वर्गगीय गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज शोभाभगवतीमा माल्यार्पण गरिएको छ। कार्यक्रमको आयोजना गणेशमान सिंह फाउण्डेशनले गरेको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो । पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन सिंहको महत्वपूर्ण योगदान रहेको कुरा समेत बताउनु भयो । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहित नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिंहको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।