देशभरका अदालत दसैं बिदामा

१३ आश्विन २०७६, सोमबार १०:३४

काठमाडौं, देशैभरका अदालत आइतबारबाट बन्द भएका छन्। सबै अदालत कोजाग्रत पूर्णिमाको भोलिपल्ट २६ असोजदेखि मात्रै खुल्नेछन्।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रत्येक वर्ष बिदा हुँदै आएकोमा यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

अदालतहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिने र उनीहरूको उपस्थितिमा मुद्दाको सुनुवाइ, पेसी र तारिख तोक्न नसकिने हुँदा न्यायालयमा बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ।

अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्ने काम भने यथावत् नै रहनेछ। यो समाचार आजको राजधानी दैनिकमा छ ।