दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन, सुष्मा महरा पुनः कोषाध्यक्षमा निर्वाचित

६ आश्विन २०७६, सोमबार १६:१७

काठमाण्डौं , नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको कोषाध्यक्षमा सुषमा महरा पुनः निर्वाचित भएकी छन् ।
महरा यस अघि तदर्थ समितिको कोषाध्यक्षमा थिईन् । बरिष्ठ ब्युटिसियन समेत रहेकी महरा जुझारु महिला ब्यवसायीका रुपमा समेत परिचित छिन् ।

विभिन्न संघ सस्थामा आवद्ध रहेकी महराले व्यवसायीहरुको हक हितका निम्ति नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी छिन् । व्यवसायिक वातावरणका लागि भष्टा«चारको विरुद्धमा समेत आवाज उठाउदै आएकीे महरालाई एक निडर एवं सक्षम महिला उद्यमीका रुपमा हेरिदै आइएको छ ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको प्रथम वार्षिक साधारण सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा हेमराज ढकाल, जयप्रकाश शिवाकोटी, राजेन्द्र शेरचन, महासचिवमा रमणा श्रेष्ठ, सचिवमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुषमा महरा, सहकोषाध्यक्षमा दुर्गाराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा नानीराज घिमिरे, अमूलकाजी तुलाधर, प्रदीपमान प्रधान, सतिश श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, दीपक भण्डारी, महेन्द्रकुमार गोयल, राजेन्द्र संग्रौला, भरतराज घिमिरे, खेमबहादुर स्वार निर्वाचित भएका छन् ।