दाङमा करेन्ट लागेर एकको मृत्यु

३० भाद्र २०७६, सोमबार १२:०३

दाङ , घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति केरेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका–६ का २३ वर्षीय शिवराज चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक (एसपी) विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।