डडेल्धुरामा प्रधानमन्त्री ओली र प्रचण्डको पुत्ला दहन

२९ भाद्र २०७६, आईतवार १८:५८

डडेल्धुरा , डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला जलाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पनि पुत्ला जलाइएको छ ।

नेपाली कांग्रेसको जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला जलाइएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताउनु भयो ।