चार थान पेस्तोलसहित धनगढीमा तीन जना पक्राउ

१९ भाद्र २०७६, बिहीबार ११:३६

धनगढी, सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ धनगढी उप–महानगरपालिका ३ चटकपुरमा एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको परिचय खुलाइएको छैन । उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ।