गीतकार डा डीआर उपाध्यायको ‘दसैं तिहार आयो’बोलको गीत सार्वजनिक (भिडियो सहित)

३ आश्विन २०७६, शुक्रबार ११:०५

काठमाण्डौं , गीतकार डा डीआर उपाध्यायको ‘दसैं तिहार आयो’बोलको गीत सार्वजनिक भएको छ ।
उपाध्यायको ‘दसैं तिहार आयो’बोलको सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठ र गायिका सुरुची पन्तको स्वर रहेको छ । लिरिकल भिडियो सार्वजनिक गरिएको उक्त गीतमा सन्तोष श्रेष्ठलेनै संगीत गरेका छन् ।

सार्वजनिक गीतले पछिल्लो समय रोजगारीका लागि आफ्नो गाउँघर छोडेर परदेशिएको एक परदेशीको खुशी समेटिएको छ ।

‘मनमा माया बोकेर आउँला, दसैं तिहार घरैमा मनाउला’ भन्दै परदेशिको खबर आएसँगै घरमा कुरेर बसेका परिवारको खुशी पनि गीतमा अभिव्यक्त भएको छ ।