गाडीमा एक यात्रुको मृत्यु

१० आश्विन २०७६, शुक्रबार ०९:४१

काठमाण्डौ , नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा एक यात्रुको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान ज्यान गएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् ।

गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।