गर्भवतीलाई बिदा नदिने हाकिमलाई कारवाही गर्नैपर्छः गगन थापा

२६ भाद्र २०७६, बिहीबार १९:०५

काठमाडौं, गर्भवती महिलालाई बिदा नदिने हाकिमलाई कारबाही गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले गर्नु भएको छ । नेता थापाले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो माग गर्नु भएको हो ।

उहाँले भन्नु भयो , ‘काठमाडौंको एक विद्यालयमा कार्यरत एक गर्भवती महिलाले पटकपटक बिदाको माग गर्दापनि प्रधानाध्यापकले नदिई उल्टो मानसिक यातना दिँदा उनले शिशु गुमाउनु परेको छ’, काठमाडौंमै, विद्यालय जस्तो ठाउँमा, अरुलाई सिकाउनु पर्ने ठाउँमा प्रधानाध्यापकबाटै यस्तो व्यवहार हुन्छ भने दूरदराजका ठाउँहरुमा कस्तो होला भनेर अनुमान लगाउँन सकिन्छ। यो अवस्थालाई बदल्ने सरकारसँग मौका छ। कानुन नमान्ने महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश प्रभावित गर्नको निम्ति यो अवराध गर्ने प्रधानाध्यापकलाई दण्ड देओस माग गर्दछु।’