अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइनः प्रचण्ड

५ आश्विन २०७६, आईतवार ११:३९

सुनसरी , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताउनु भएको छ ।

प्रचण्डले भन्नु भयो, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँठाउँमा बढेको पक्कै हो, यो देखियो ।’

उहाँले भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताउनु भयो ।