असोज २९ मा नेकपाको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम हुने

१३ आश्विन २०७६, सोमबार १७:४५

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, दीपावली, छठ, नेपाल संवत्, इद, ल्होसारको उपलक्ष्यमा असोज २९ गते शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
भृकुटीमण्डपमा आयोजना गरिने सो चियापान कार्यक्रममा एक लाखभन्दा बढीलाई निमन्त्रणा गर्ने तयारी भइरहेको बताइएको छ । चियापान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीति नियोगका प्रतिनिधि, सवैधानिक अङ्गका प्रमुख, विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।
पार्टीका महासचिव विष्णु पौडेलको अध्यक्षतामा आइतबार शुभकामना आदानप्रदान र चियापान कार्यक्रम तयारी समितिको बैठक बसेको थियो ।