असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने

१० आश्विन २०७६, शुक्रबार १५:४२

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने हुनु भएको छ । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गर्नु भएको थियो । उहाँले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाइ अघि बढाउँदै लैजाने बताउनु भएको थियो । मन्त्री मगरले नेपालले खुला दिसा मुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताउनु भएको थियो । राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो ।