स्वराजको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

२२ श्रावण २०७६, बुधबार १०:४१

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ट्विट गर्दै स्वराजको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको हो ।

स्वराजको गएराति हृदयघातका कारण ६७ वर्षको उमेरमा निधन भएको हो । हृदयघातपछि उनलाई उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेका थिए ।