सुनचाँदीको भाउ बढ्यो

१२ भाद्र २०७६, बिहीबार १२:५२

काठमाण्डौ , सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन बिहीबार तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।