सुनको मूल्यमा नयाँ रेकर्ड तोलाको ७० हजार पुग्यो

२३ श्रावण २०७६, बिहीबार १५:१९

काठमाडौं , सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन तोलामा ७० हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बड्दै ७० हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो।

बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो। बुधबार तोलामा ६९ हजार ५ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो।