सुनको भाउ घट्यो

१० भाद्र २०७६, मंगलवार १२:२२

काठमाण्डौ , सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।