सिंहदरबारभित्र कर्मचारी मृत भेटिए

३ भाद्र २०७६, मंगलवार १२:५९

काठमाडौं , राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्वा करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्।

केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएको प्रहरीले जनाएको छ।

उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।