सामूहिक बलात्कारको आरोपमा श्रेष्ठ पक्राउ

१२ भाद्र २०७६, बिहीबार १४:०४

काठमाडौं, कलंकीको गेष्ट हाउसमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले घटनामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ ।

दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कलंकीस्थित पशुपति गेष्टहाउसमा रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रबिन श्रेष्ठलाई पक्राउ गरेको हो । थापामगर भने फरार छन् ।