वेस्ट इण्डिज र भारतबीचको पहिलो टी-२० आज

१८ श्रावण २०७६, शनिबार १७:२१

वेस्ट इण्डिज र भारत बीचको पहिलो टी-२०आज हुँदैछ । विश्वकपपछिको पहिलो सिरिज खेल्न लागेका वेस्ट इण्डिज र भारत बीचको टी-२० राति सवा ८ बजेपछि सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा आज शिखर धवनले पुनरागमन गर्ने भएका छन् । विश्वकपमा घाइते भएपछि बीचमै प्रतियोगिता छोडेका धवनले यो सिरिजबाट कमब्याक गर्न लागेका हुन् ।

यसैगरी यो सिरिजलाई युवा खेलाडीले आफूलाई सिद्ध गर्ने मौकाको रुपमा पनि लिइएको छ । भारतका मनिष पाण्डे तथा श्रेयस अय्यर पनि भारतीय टिममा रहेका छन् ।

टी-२० मा वेस्ट इण्डिज पनि बलियो टिम भएकाले भारतसँगको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । तर वेस्ट इण्डिजका आन्द्रे रसेल भने घाइते भएकाले टिममा नपरेको जनाइएको छ ।

भारत र वेस्टइण्डिजबीचको सिरिजमा तीन ओटा टी-२०, तीन ओटा एकदिवसीय र दुई ओटा टेस्ट क्रिकेट सामेल छन् ।