वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन

१० भाद्र २०७६, मंगलवार १४:३१

काठमाण्डौ , वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ । ९ दिन अगाडि अस्पताल भर्ना हुनु भएका श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो ।

काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३ वर्षदेखि ब्रेन ट्युमरको समस्याबाट ग्रसित हुनुहुथ्यो । उहाँ शास्त्रीय संगीतका क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।