राजसंस्था फर्काउँछु भन्नु वेमौशमी बाजाः प्रधानमन्त्री

१ भाद्र २०७६, आईतवार १२:३१

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउँछु भन्नु वेमौशमी बाजा भएको बताउनु भएको छ । संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यो सरकार जनताको फ्रस्ट्रेसनमाथी टेकेर नबनेको बताउँदै यसको संघर्ष र बलिदनाको इतिहास भएको प्रष्टाउनु भयो ।

ुजुन संस्था र निकायहरुका शक्तिका कुरा गर्ने गर्छन् मान्छेहरु ति शक्तिहरु जिउँदै हुँदाहामीले ठेगान लगाएका हौु, प्रधानमन्त्रीले भन्नु भयो, ,ुअहिले चिहानमा गएर हड्डि फुकेर त्यो संस्था फर्काउँछौं भनेर परिकल्पना गरेको देखिन्छ। बेमौसमी बाजा नबजाए हुन्थ्यो।ु

सरकारले यो उदारता उनीहरुका कुरा नपत्याएर देखाएको उहाँले बताउनु भयो । पत्याएको दिन गणतन्त्रको रक्षाको लागि सरकार मैदानमा उत्रिने चेतावनी प्रधानमन्त्री ओलीले दिनु भयो । ुअरूले ल्याएर दिएको लोकतन्त्र होइन आफै लडेर ल्याएको लोकतन्त्र होु, उहाँले बताउनु भयो । अहिलेको सरकार अधिनायकवाद तर्फ गयो भन्नु अपत्यारिलो भएको भन्दै उहाँले यसो भन्दा जनताले नपत्याने बताउनु भयो । सरकारको उदेश्यनै लोकतन्त्रको सुरक्षा र सुदृढ गर्ने भएको उहाँको भनाइ छ।

सरकारको संयमता र उदारतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको भन्दै प्रधानमन्त्री ओलीले संविधानको दायरा भित्र चल्ने कुरामा विरोधको पनि यो सरकारले स्वागत गर्न चाहने
बताउनु भयो । ुकसैले भनेको सुने प्रधानमन्त्री पद जाने भो भनेर लगलग कामेका छन्,ु,गएको छ। देशमा ल्याएको लोकतन्त्र वास्तवमै उत्कृष्ठ भएको उहाँले बताउनु भयो । पुरानो प्रणालीका संवाहक पनि यस देशमा भएको बताउँदै उहाँले लोकतन्त्र दमनकारी प्रणाली नभएकोले पुरानो प्रणालीका संवाकहले आफ्ना गतिविधि खुलेआम गर्न पाएको बताउनु भयो ।