रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न म्याद थप

३१ श्रावण २०७६, शुक्रबार १७:३४

चितवन , चितवन जिल्ला अदालतले रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवीसहित ३ जनालाई अनुसन्धानको लागि म्याद थपिएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।