रमेश बिजीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक, धेरै दर्शकलाई रुवायो यो गीतले (भिडियो)

२१ श्रावण २०७६, मंगलवार १२:२५

काठमाडौँ , दिनहुँ यूट्यूवमा नयाँ–नयाँ तिजगीत सार्वजनिक भइरहँदा लोकगायक तथा निर्देशक नारायण रायमाझीले मार्मिक तिजगीत सार्वजनिक गरेका छन् । ‘हे मेरी आमा’ बोलको गीतमा देवी घर्तीको स्वर रहेको छ ।परदेशीएका श्रीमान, रोगी सासु–ससुरा अनि घर व्यवहारको जिम्मेवारीले थिचिएकी एक बुहारीले तिजमा माइत जान नपाउँदाको पीडालाई गीतले व्यक्त गरेको छ ।

नेपाली चेलीहरुको कथा व्यथा समेटिएको । यस गीतमा शब्द रचना रमेश बिजीको रहेको छ भने संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । यस गीतको एरेन्ज बिबि अनुरागीको रहेको छ । गीतको भिडियोलाई छायांकन र सम्पादन र कलर मिराज अर्यालले गरेका छन् भने भिडियो निर्देशन नारायण रायमाझीकै रहेको छ । यस गीतको भिडियोमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश केसी मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना केसी, सन्देश रायमाझीको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियो हेर्दा पनि दर्शकको आँखा रसाउँछ । करिब ११ मिनेटको भिडियो भित्र गीतको भावअनुकुल संवादहरु पनि राखिएका छन् । मुख्य भूमिकामा अनुष्का अधिकारीको अभिनय उत्कृष्ट छ । रिमा इन्टरटेन्टमेन्ट नेपालको यूट्यूव च्यानलमा गीत सार्वजनिक भएको हो । गीतलाई दुई दिनभित्र करिब दुई लाख भ्यूज पाइसकेको छ । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् । हेर्नुहोस् भिडियो