यस्तो छ , चर्चित गायिका सुनिता दुलालको ‘चुरा टीका लाली’ तिज गित (भिडियोसहित )

१२ भाद्र २०७६, बिहीबार १२:११

काठमाडौं , नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायिका सुनिता दुलालले नयाँ तिज गित बजारमा ल्याएकी छिन् । उनको आफ्नै सुमधुर स्वरमा ‘चुरा टीका लाली’ बोलको नयाँ गीत बजारमा ल्याएकी हुन ।

डा कृष्णहरी बरालको शब्द रहेको यस गीतमा महेश खड्काले संगीत भरेका छन् । त्यस्तै यस गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् । यस गीतलाई अहिलेसम्म २ लाख ९५ हजार पटक हेरिसकिएको छ । यस गीतको भिडियोमा भने सुनिता दुलाल र रुबी लामाको दमदार अभिनय रहेको छ ।