मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु

१७ श्रावण २०७६, शुक्रबार १२:३४

काठमाण्डौ , बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको ज्यान गएको छ ।

पाइप सफा गर्ने क्रममा बिहान साढे ९ बजेतिर सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको ज्यान गएको बालाजु प्रहरीले जनाएको छ ।

पाइप सफा गर्ने क्रममा निसास्सिएर बेहोस भएका दुवैजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।