भोलि सार्वजनिक विदा (विज्ञप्तिसहित)

२९ श्रावण २०७६, बुधबार १३:२९

काठमाडौं , प्रादेशिक सरकारले जनै पूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसरमा बिहीबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो । तागाधारीहरुले जनै लगाउने तथा राखी बाँधेर धुमधामका साथ जनै पूर्णिमा मनाउने गरिन्छ । यसलाई रक्षाबन्धन पनि भनिन्छ ।

हरेक जातजात र समुदायको पर्वहरुमा सार्वजनिक विदा दिँदै आएको प्रदेश २ सरकारले जनै पूर्णिमाको दिन बिहीबार सार्वजनिक विदा दिएको हो ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गरेर बिहीबार सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् ।

जनै पूर्णिमा पर्वले प्रदेशमा भातृत्वको भाव अझ प्रगाढ बन्ने आशा व्यक्त गर्दै उनले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । यसैबीच प्रदेश १ ले पनि जनै पूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ ।