भारतीय टेलिभिजन पत्रकार रवीश कुमारलाई रमन म्यागासेसे पुरस्कार

१७ श्रावण २०७६, शुक्रबार ११:२३

काठमाण्डौ ,पत्रकारिता जगतमा आफ्नो अलग पहिचान बनाउन सफल एनडीटीभी इण्डियाका मेनेजिङ एडिटर रवीश कुमार फेरि एकपटक सम्मानित भएका छन् । यस पटक उनी वर्ष २०१९ को रमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका हुन् । रवीश कुमारको यो सम्मान हिन्दी टेलिभिजन पत्रकारितामा गरेको योगदानका कारण मिलेको हो ।

रमन म्यागासेसे पुरस्कारलाई एसियाको नोबेल पुरस्कार मानिन्छ । रमन म्यागासेसे पुरस्कार एसियाको व्यक्ति तथा संस्थाले गरेको उल्लेखनीय कार्यका लागि प्रदान गरिन्छ । यो पुरस्कार फिलिपिन्सका भूतपूर्व राष्ट्रपति रमन म्यागासेसेको सम्झनामा प्रदान गर्ने गरिन्छ ।