भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

६ भाद्र २०७६, शुक्रबार १२:१०

काठमाडौं , ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ २० लाख १४ हजार
खिजीदेम्बा १९ लाख १९ हजार
सिद्धिचरण १८ लाख ६९ हजार
चम्पादेवी ११ लाख ३४ हजार
सुनकोशी ६ लाख ८१ हजार
चिसंखुगढी ३ लाख ६७ हजार
जम्मा ७९ लाख ८५ हजार

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।